सिक्लेस माघे संक्रान्ति मेला माघ १ देखि, भलिबलको उपाधि १ लाख

ठेलो विजेतालाई ४० हजार पुरस्कार

पाेखरा | पुस २८, २०८१

सिक्लेस माघे संक्रान्ति मेला माघ १ देखि, भलिबलको उपाधि १ लाख

पोखरा:  कास्कीको मादी गाउँपालिका–१ पर्यटकीय गाउँ सिक्लेसमा यही माघ १ देखि ४ गतेसम्म माघे संक्रान्ति मेला हुने भएको छ । सिक्लेस युवा क्लबले आज पोखरामा पत्रकार सम्मेलन गर्दै सिक्लेस माघे संक्रान्ति मेलाको बारेमा जानकारी दिएको हो । 


सिक्लेस युवा क्लबका अध्यक्ष भोलामान गुरुङले क्लबको ३० औं वार्षिकोत्सव एवम् माघे संक्रान्तिको अवसरमा मेला आयोजना गरिएको बताए । 


‘कास्कीको उत्तरी भेगमा अवस्थित सिक्लेस पर्यटकीय गाउँ हो, गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा हामीले माघ १ देखि ४ गतेसम्म सिक्लेस माघे संक्रान्ति मेला आयोजना गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘ग्रामिण पर्यटन प्रवद्र्धनका लागि खेलकुदको माध्यमबाट आपसी भाइचाराको भावना विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित मेला आयोजना  गरिएको हो ।’


अध्यक्ष गुरुङले ४ दिनसम्म सञ्चालन हुने मेलामा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, खुल्ला पुरुष बास्केटबल, गुरुङ गीतमा सामुहिक नृत्य, ठेलो प्रतियोगिताहरु आयोजना गरिएको बताए । 


उनका अनुसार खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 


यस्तै खुल्ला महिला भलिबल प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला महिला भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 


यस्तै खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला पुरुष बास्केटबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।


मेलाको अवसरमा नै आयोजना गरिएको गुरुङ भाषा गीतमा सामुहिक नृत्य प्रतियोगिताको विजेताले नगद ६० हजार, उपविजेताले ४५ हजार र तेस्रो हुने समूहले ३० हजार, उत्कृष्ट भेषभुषा र नृत्य निर्देशकले ५÷५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


यस्तै मेलाको अवसरमा नै आयोजना गरिएको ठेलो प्रतियोगिताको विजेताले ४५ हजार र उपविजेताले ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

 


मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङले मेलाले सिक्लेस लगायत पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा लिएको बताए । 


‘माघे संक्रान्ति मेलाको अवसरमा हामीले सिक्लेस लगायत नेपालकै कम उचाई अवस्थित क्हफुचे हिमताल, कोरी लेक लगायत पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्धेश्य पनि हो, वडाध्यक्ष गुरुङले भने ।

 
४ दिनसम्म सञ्चालन हुने मेलामा करिव १३ लाख आम्दानी हुने अपेक्षा आयोजकले राखेको छ । पोखराबाट ४० किलोमिटरको दुरीमा पर्ने अन्नपूर्ण हिमाल र लमजुङ हिमालको काखमा अवस्थित सिक्लेसमा करिव २ हजार ५ सय पर्यटक राख्न सक्ने होटल र होमस्टेको व्यवस्था रहेको छ । 


सिक्लेसबाट गुरुङ जातिको पैतृक थलो क्होलासोथर एकैदिनमै पुग्न सकिन्छ । साथै घलेखर्क, ताराहिल सिक्लेस पदमार्ग, गुरुङ सम्पदा पदमार्ग सिक्लेसको पर्यटन क्षेत्रमा थप आकर्षकको गन्तव्यको रुपमा रहेको छ । 


 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्